May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
सल्लिवजारमा नेता शाहद्वारा लिफ्ट खानेपानी आयाेजनाकाे शिलान्यास, ५ सय घरधुरी लाभान्वित हुने

सल्लिवजारमा नेता शाहद्वारा लिफ्ट खानेपानी आयाेजनाकाे शिलान्यास, ५ सय घरधुरी लाभान्वित हुने

दुर्गा विसि

फाल्गुन ११, सल्यान । सल्यानकाे सल्लिवजारमा लिफ्ट खानेपानी अायाेजनाकाे शिलान्यास गरिएको छ । विगत लामो समय देखि विवाद हुदै अाएको लिफ्ट खानेपानी हाल अाएर काम अघि वढ्ने भएको छ ।

२०७२ सालमा अाएको अायाेजना २०७७ मा शिलान्यास भएकोमा प्रदेश संसद गुलाफ जंग शाहले दुख व्यक्त गर्नु भएको छ । वर्षेनि गर्मि समयमा खानेपानीकाे चरम संकट व्यहोर्नुपर्ने यहाँका स्थानीय भने याे अायाेजना सम्पन्नता पश्चात् खानेपानीकाे समस्याबाट निकास पाउने अाशा राखिएको छ ।

६ वर्ष पहिले विनियोजन भएको वजेट वल्ल राजनीतिम विवाद समाधान पछि अघि वढ्ने भएको छ । खुट्टा तान्ने प्रबृतिले अाफुलाई निकै मर्महात भएको शाहले बताए । २०७२ सालमा नेता शाहकाे पहलमा ४ लाख विनियोजन भएको थियोे तर त्यो कामले सार्थकता पाउन सकिरहेको थिएन ।

आएको विकासलाई सबैले अपन्वत्व गर्न उहाँको जाेड थियोे ।अाफ्नाे निर्वाचन क्षेत्रमा केही व्यक्तिकाे संकेतिक इसारा ठुलो याेजनाकाे काम हाेल्ड भएको जनाउनु भएको छ । जस्तै रुकुम चौहजारी सडक खण्ड पिच हुन नसक्नुको मुख्य कारण त्यहि भएको उहाँको भनाइ छ ।

राजनीतिक प्रतिसोधले अाफ्नाे निर्वाचन क्षेत्रका महत्त्वपूर्ण ठुला याेजना अघि नवढाउनुमा कर्णाली प्रदेश सरकार यसको दाेषि रहेको संकेत गरिएको छ । राजनीतिक रुपमा खुट्टा तान्ने प्रबृतिले बनगाड पछि परेको उहाँले बताउनु भयो ।

वजारमा वसेर अरुका हजार कुरा गर्नेहरु भन्दा अाफ्नाे काम र उद्देश्य प्रती मात्रै ध्यान दिन अावश्यक रहेको उहाँको भनाइ छ ।जनताले विकासमा अगुवाइ गर्ने वातावरण तय गर्न भनेका तर यहाँका जनप्रतिनिधिकाे अवस्था हेर्दा जनता प्रती जवाफदेही नभएको शाहकाे दुखेसो थियोे ।

अर्कोपटक पनि जनतामाझ जान सक्ने अवस्थाकाे सृजना गर्न उहाँको विशेष जाेड थियोे । लिफ्ट खानेपानी जनश्रमदान सहित ५ कराेड ७६ लाख र ५ सय घरधुरीका लागि २ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण हुने जनाएको छ ।

सल्लिवजार, वस्नेरा जिउला, आँपखोली, खाम्नेचौर वस्तिहरुमा खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ । त्यसैगरि बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुनले विकासमा साझेदारी अावश्यक रहेको जनाउँदै लिफ्ट खानेपानी अायाेजनामा वजारवासिकाे अधिकतम् सहयोग रहेको जनाउनु भयाे ।

त्यसै गरि धारणा राख्ने क्रममै जिल्ला समन्वय समिति सदस्य अासा वलि, १ नं वडा अध्यक्ष शान्त कुमार यरि, खानेपानी सिचाइ उर्जा विकास कार्यलय सल्यानका प्रमुख पदम प्रसाद देवकोटा, लिफ्ट खानेपानी समितिका अध्यक्ष दिपवहादुर खड्काले खानेपानी अायाेजना सफल वनाउन सबैलाई अाह्वान गर्नु भएको छ ।

उपभोक्त समितिका सचिव टेकबहादुर पुनले सञ्चालन गर्नु भएको थियोे । समितिले भूमी निर्माण सेवा राेल्पालाइ कामकाे जिम्मेवारी समेत दिइसकेको छ । खानेपानी अायाेजना सम्पन्न भए पछि सल्लिवजारवासिकाे खानेपानी समस्या सल्टिने छ ।