रुकुममा एक महिलाको विभत्स शव भेटियो, ब’लात्कार पछि ह’त्या भएको आशंका
माघ २९, रुकुम । रुकुम पश्चिममा विभ’त्स अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा करिब ५५ वर्षीया देवकला घर्तीको विभत्स अवस्थामा शव फेला परेको हो ।
आफन्त र स्थानीयले उनको बला’त्कारपछि ह’त्या भएको हुन सक्ने अनुमान गरेका छन् । प्रहरीले पनि बला’त्कारपछि ह’त्या भएको हुन सक्ने शंका गरेको छ । देवकला गत २५ गते सामान किन्न जान्छु भन्दै घरबाट निस्केकी थिइन् ।
आफन्त वा माइत गएको हुन सक्ने शंका गरिएको थियो । लामो समयपछि उनी सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए । बिहीबार बिहान जंगलमा उनको धोती (साडी), माला, चप्पल, चुरालगायतका सामान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
देवकला जंगलमा शरीरको माथिल्लो भागमा कालो रङको ब्लाउज र कम्मरभन्दा मुनि नांगो अवस्थामा सालको काठले हल्का च्यापी राखेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ध्रुव श्रेष्ठले जानकारी दिए । ‘देवकलाको शव भेटिएको छ,’ उनले भने, ‘बला’त्कारपछि हत्या हो या अन्य हत्या वा अरु के हो यस विषयमा अनुसन्धान भइरहेको छ ।’
चौरजहारी नगरपालिका–८ की कार्यबहाक वडाध्यक्ष देवी भण्डारीले पनि बलात्कारपछि ह’त्या भएको हुन सक्ने बताइन् । ‘घटनाको प्रकृति हेर्दा बला’त्कारपछि ह’त्या भएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘यथार्थ अनुसन्धान र पोस्टमार्टम रिपोर्टले देखाउँला ।’
देवकलाको ह’त्यापछि घिसार्दै खोल्सामा फालिएको हुनसक्ने उनको भनाइ छ । घटनास्थलमा थोरै रगत पनि देखिएको प्रहरीले बताएको छ । मृतक देवकलासँग सुन भएको र एउटा सानो तिलरी मात्रै भेटिएको बताइएको छ ।
आजकोखबर डटकम बाट साभार
प्रतिकृया दिनुहोस्