May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
सल्यान पार्टी कार्यालयमा ‘प्रचण्ड– नेपाल’ समुहले लगाएको ताला फोड्छौं : अध्यक्ष पुन

सल्यान पार्टी कार्यालयमा ‘प्रचण्ड– नेपाल’ समुहले लगाएको ताला फोड्छौं : अध्यक्ष पुन

पौष १०, सल्यान । विभाजन उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका अध्यक्ष तथा नेकपा ओली समुहले विस्तार गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य गोविन्द पुनले नेकपा सल्यानको पार्टी कार्यालयमा पौष ०७ गते नेकपाको ‘प्रचण्ड– नेपाल’ समुहले लगाएको ताला फोडेर अघि बढ्ने बताएका छन ।

शुक्रबार नयाँ दुृष्टि डटकम सँगको बिशेश कुराकानीको क्रममा उनले यस्तो बताएका हुन । पार्टी कार्यालय जहिले पनि आधिकारीक पार्टीको हुने बताउदै उनले अहिलेसम्म ‘केन्द्रमा केपि शर्मा वलीको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको पार्टी नै आधिकारीक नेकपा भएको र उक्त आधिकारीक नेकपा सल्यानको अध्यक्ष हालसम्म आफु भएकाले पनि चाईटिएर जानेहरुले नैतिक र कानुनी दुवै हिसावले पार्टी कार्यालय दावि गर्ने अधिकार नहुने उनले बताए ।

आफुहरुले पौष १३ गते पार्टीको जिल्ला भेला गर्न लागको र सोही दिन पार्टी कार्यालयमा प्रचण्ड – नेपाल समुहले लगाएको ताला खोल्ने र कार्यालय नियमित संचालन गर्न उनको भनाई छ । पूर्व एमालेका हजारौं नेता कार्यकर्ताहरुको रगत, पसिना र लेवी बाट निर्माण भएको उक्त पार्टी कार्यालयमा अहिले आएर पूर्व माओबादीहरुले दावि गर्न नैतिक रुपमा पनि सरम मान्नु पर्ने उनले बताए । उनले भने –‘ पूर्व माओबादीहरुको पार्टी कार्यालय पनि यहि नजिकै थियो । एकिकरण पछि उहाँहरुले के कति सम्पती ल्याएर आउनु भएको हो ? उहाँहरुलाई पनि थाहा होला । त्यसैले यो पार्टी कार्यालयमा दावि गर्नु सरम मान्नुपर्ने हो ।’

त्यस्तै देशको ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख हुनु देश र जनताको समृद्धी र स्वाभिमानको लागी विडम्बना भएको तर यसको मूख्य कारक तत्व प्रचण्ड – नेपाल लगाएत नेताहरु भएको उनको आरोप छ । महाधिवेशन पछि पार्टी अध्यक्ष र अर्काे चुनाव पछि प्रधानमन्त्री नबन्ने घोषणा गरेका पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई चौतर्फी घेराबन्दी गरिएको र अविस्वासको प्रस्ताव र महाअभियोग मार्फत राष्ट्रपतिलाई समेत अपमानजनक रुपमा बर्खास्त गर्ने डिजाइन गरिएकोले प्रधानमन्त्रीले संसद बिघटन गर्नू परेको उनको भनाई छ ।

सल्यान जिल्लाको सन्दर्भमा पार्टीको कार्यकर्ता भेला भनेर सवै कार्यकर्तालाई बोलाउने र कार्यक्रममा आएका सवैलाई आफ्नो समुहका भनेर भ्रम फैलाईको बताउदै उनले पूर्व एमाले बहुमत र पूर्व माओबादीका पनि धेरै नेताकार्यकर्ताहरु आफ्नो सम्पर्कमा भएको उनले बताए । पौष १३ गतेको भेलाले सवै भ्रमहरु चिर्ने पनि उनको भनाई छ ।