December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
सल्यानमा २८ दिने दुधे बालक जंगलमा फाल्ने आमा सहित एक पुरुष पक्राउ

सल्यानमा २८ दिने दुधे बालक जंगलमा फाल्ने आमा सहित एक पुरुष पक्राउ

असोज १९ सल्यान । सल्यानको शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित एक पुरुषलाई प्रहरीले पक्रा’उ गरेको छ ।
उनीहरुलाई सोमबार दिउसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारी रहेका छन् । पक्राउ परेका उनीहरु दुवैजना श्रीमान श्रीमती नभएको र पुरुष विवाह भैसकेको र महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवै जना गत वर्ष कार्तिकमा रोजगारी को शिलसिलामा भारतको उत्तराखण्डमा सँगै गएका र दुवैजना दशैं मान्न घर सङ्गै फर्केका हुन् । गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगरमा हिजो असोज १८ गते आइपुगेका हुन्।

घरमा पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६:०० बजेतिर फाली घरतर्फ लागेको प्रहरीको भनाइ रहेको छ । १९ गते बिहान ६:०० बजेतिर मर्निङ वाकमा निस्केका स्थानीयले जंगलमा रुदै गरेको बच्चा देखेंपश्चात प्रहरीलाई सुचना दिएका थिए ।

सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटिई गएको र बच्चालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल सल्यानमा राखिएको थियो । अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता लक्ष्मन ओलीले बताउनु भएको छ ।