January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
निजामती कर्मचारी संगठन सल्यानको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

निजामती कर्मचारी संगठन सल्यानको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

जेठ २६, सल्यान ।

नेपाल निजामती कर्मचारी संगठन सल्यानले जिल्लास्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । सदरमुकाम खलंगामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा संघ, प्रदेश र स्थानीइ तहका कर्मचारीलाई सर्व स्वीकार्य हुने गरी संघीय निजामती सेवा ऐन पारित गर्नुपर्ने बिषयमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा निजामति सेवा ऐन संगै ट्रेड युनियन, निजामती कर्मचारी संगठनको वर्तमान समसामयीक गतिविधि र आगामी कार्यदिशा लगायतको बारेमा अवगत गराइएको संगठनका सल्यान जिल्ला अध्यक्ष ध्रुव खत्रीले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ काेईरालाले आम नागरिकले अनुभुती गर्नेगरी कर्मचारीले सेवा प्रवाह गर्नुपर्ने भन्दै संघिय निजामति सेवा ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी छिटो संसदबाट पारीत गरी लागु गर्नुपर्ने धारणा राखेका थिए । यस्तै बिशिस्ट अतिथी नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले तालिममा सिकेका बिषयमा आगामी दिनमा कार्य क्षेत्रमा सेवाग्राहीले अनुभूती गर्नेगरी लागु गरेर संगठनको हितमा क्रियाशील हुन आग्रह गरे ।

संगठनका केन्द्रिय उपाध्यक्ष भवानी न्यौपाने दाहाल, नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी, संगठनका कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरि, केन्द्रिय उपमहासचिव युवाचन्द्र घिमिरे, सल्यान जिल्ला इन्चार्ज प्रकाश शर्मा अधिकारी लगायतले बोल्दै सेवा प्रवाहमा कर्मचारी दक्ष हुनुपर्नेमा जोड दिदै संगठनको एतिहासिक विरासतलाई कायम राख्न सबै सदस्यहरु लाग्नुपर्ने बताएका थिए ।

देशमा भएका सबै परिर्वतनका आन्दोलनमा कर्मचारी वृतको महत्वपूर्ण योगदान रहेकाले उनिहरुको भावनामा चोट नपर्नेगरी काम गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कर्मचारीहरुको वृद्धि विकासका लागि लामो समयदेखि काम गर्दै आएको कर्मचारी संगठनमा आबद्ध सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासमा ध्यान दिएर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन सल्यानले जनाएको छ ।