October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
संविधान दिवसको अवसरमा सल्यानमा राष्ट्रसेवक कर्मचारीमैत्री ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

संविधान दिवसको अवसरमा सल्यानमा राष्ट्रसेवक कर्मचारीमैत्री ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सल्यान ३ असोज । सल्यानमा संविधान दिवस २०७९ को अवसरमा राष्ट्रसेवक कर्मचारीमैत्री पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।


नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानको आयोजनामा सल्यान श्रीनगरमा आइतबार बाट सुरुभएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।


प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए । जसमध्ये रोशन वली र सन्तोष वलीको टिम प्रथम भएको छ । त्यस्तै सन्तोष बस्नेत र मनोज सिंहको टिम द्धितिय भएको छ भने चन्दन जि.एम र बरुण शाह तथा हिरा खड्का र पदम चौधरीको टिम तृतिय भएको छ ।


प्रथम हुने टिमलाई १५ हजार, द्धितिय हुने टिमलाई १० हजार र तृतीय हुने टिमलाई ५ हजार नगत पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले बताए ।


प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायको प्रमुख आतिथ्यता रहेको थियो भने समापन सत्रमा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन सल्यान जिल्ला ईन्चार्ज तथा संगठन केन्द्रिय अनुशासन आयोगका सदस्य प्रकाश शर्माको बिशिष्ट आतिथ्यता रहेको थियो ।


प्रतियोगिताको दुबै सत्रको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले गरेका थिए भने प्रतियोगिताको उद्घोषण नेपाल निजामती कर्मचारी संगठन सल्यानका सचिव छबि खड्काले गरेका थिए ।


समापन कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष लिलाधर बबाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का जिल्ला समिति अध्यक्ष जित बहादुर खड्का र नेपाल निजामती कर्मचारी संगठनका प्रदेश कमिटी सदस्य टोप बहादुर वयक क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज