February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सल्यानमा मेलाबाट फर्कदै गरेको जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

सल्यानमा मेलाबाट फर्कदै गरेको जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

असोज १२, सल्यान ।

सल्यानमा मेलाबाट यात्रु बोकेर फर्कदै गरेको जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराको गरिपारे सुवाकोटी मेला मानेर शारदा नगरपालिका १२ कागखोला फर्कदै गरेको लु.१ ज.१८६१ नं. को सफारी जिप तिर्थपोले स्थित भित्रि कच्चि सडक खण्डमा शुक्रबार बेलुका करिब पौने ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा शारदा नगरपालिका  – १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेकी छिन ।

सख्त घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

त्यस्तै घाइते हुनेहरुमा जिप चालक सल्यान सारदा नगरपालिका १ चैबाङज्युलाका २१ बर्षीय रबिन बुढाथोकी, शारदा नगरपालिका १२ कागखोलाका ५० बर्षीय काली बहादुर बुढाथोकी, सोही वडाका ५० बर्षीय कल्पना योगि, ७५ बर्षीय पम्फा नेपाली, १२ बर्षीय लक्ष्मी खड्का, ४७ बर्षीय कमला बुढाथोकी, १३ बर्षीय खिमा ओली, ३५ बर्षीय हिमा ओली, २५ बर्षीय टिका बोहरा, १४ बर्षीय बिमला बुढाथोकी, प्रकाश बुढाथोकी, ७२ बर्षीय जानकी बोहरा रहेका छन ।

यसैगरी सल्यानकै छत्रेश्वरी गाउँपालिका ५ कि २४ बर्षीय निर्मला बस्नेत, शारदा शारदा नगरपालिका १३ कि २४ बर्षीय निरु कुवर, सोही वडाकि ७५ बर्षीय जिउनी बोहरा, २८ बर्षीय रिता बुढाथोकी र शारदा नगरपालिका १५ कि ५७ बर्षीय पेशला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते मध्ये पेशला भण्डारीको उपचारकोलागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको र अन्य १६ जनाको जिल्ला अस्पताल सल्यान लगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

जिप सडक देखि करिब ६० मिटर तल खसेको थियो । दुर्घटना के कति कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज