May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु, १ गम्भीर घाइते

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु, १ गम्भीर घाइते

असोज ०८, सल्यान ।

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन ।

जिल्लाको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिक सेतापैरा भन्ने ठाउँमा सोमबार बिहान रोल्पाबाट दाङ तर्फ जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

मृत्यु हुनेहरुमा जिप चालक दाङको तुलसीपुर उपमहानगरपालिका – १८ का २६ बर्षीय भक्त बहादुर घर्ती र गाडी साहु सोही ठाउँका ५० बर्षीय गणेश बुढा रहेका छन ।

त्यस्तै घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण योगी रहेका छन । उनलाइ उपचारकोलागी तुलसीपुर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले  बताउनुभयो ।

दुर्घटनाबारे सवा ६ बजेतिर प्रहरीलाई सूचना आएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ । जिप सडकबाट करिब ३५० मिटर तल खसेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज