पछिल्लो समय सल्यानमा आत्महत्याका घटनामा कमि
दुर्गा विसि – सल्यान ।
‘आशा जगाउ जिवन बचाउ’ भन्ने भन्ने मुल नारा तय गर्दै सल्यानमा बिश्व आत्महत्या राेकथाम दिवस मनाइएको छ ।
आइतबार जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा बिश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।
१ नं वडा अध्यक्ष थुम वहादुर विसिकाे अध्यक्षतामा भएको कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती, ६ नं वडा अध्यक्ष गणेश विसि, लेखा अधिकृत दिनेश भण्डारी, रेडक्रसका जिल्ला सभापति पुष्कर विसि, सिएमसि नेपालका मनाेसामाजिक परामर्शदाता दोर्ण यरि, स्वास्थ्यकर्मी, नगरकाे विभिन्न शाखाका शाखा प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयसेविका, विद्यार्थी र विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख वाशुदेब पोख्रेलले गर्नु भएको थियोे । आत्महत्याकै कारण बिश्वमा करिब ७ लाख र ४० सेकेन्डमा १ जनाकाे मृत्यु हुने गरेको तथ्यांकमा देखिन्छ । याे पटक भने सल्यानमा आत्महत्याबाट ४५ जनाकाे ज्यान गएको तथ्यांक छ । अघिल्लाे वर्ष भन्दा याे वर्षमा आत्महत्याको घटनामा क्रमश कमि आएको तथ्यांकमा देखिन्छ । मानिसक समस्या, उदासिनता, डिप्रेसन, आर्थिक, दुर्ववहार, दुर्व्यसनी आदि कारणले याे घटना हुने जनाएको छ ।
आत्महत्याका संकेत तथा पहिचान आत्माहत्याको कुरा गर्नु, हिनता वाेध, निराशाजनक, मानसिक समस्या, एक्लोपन, दिकदारि, तनाव आत्मा हत्याका कारणहरु रहेको मनाेपरामर्शकर्ता दोर्ण यरिकाे भनाइ रहेको छ । याे भनेको एउटा क्षणिक समस्या हाे याे निराकरण तर्फ हामी सबैकाे आवश्यकता छ । एक सेकेन्डमा यस्ता क्रियाकलाप हुने गर्छन् र एक सेकेन्डमै उसको जीवन बच्न सक्ने र यस तर्फ सबै सचेत हुन जरुरी रहेको सहभागीहरुको भनाइ थियो ।
बनगाड कुपिण्डे नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रमको प्राविधिक सहयोग भने सिएमसि नेपाल सल्यानले गरेको थियोे ।
लेखकको सम्वन्धमा