February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
कविता – समय समयमा

कविता – समय समयमा

म भन्छु तिमी सुनिराख है
म सुन्छु तिमी बोलीराख है
तिमी मेरो म तिम्रो
फेरी दोहोर्याऊछु
तिमी मेरो म तिम्रो
तिम्रो दिलको अफ्ट्यारो
सधै म संग खोलिराख है
हुन्छन् मायामा जल्नेहरु दायाँबायाँ (२)
यस्तालाई अगेनाको भुप्रोमा
जलाई जलाई पोलिराख है
तिमी मेरो म तिम्रो (२)
तिम्रो मनको चोखो माया
म संग घोलिराख है
म भन्छु तिमी सुनी राख है
तिमी र मेरो चोखो मायाको तान
हरदम हरदम बुनि राख है । (२)

– विमर्श प्रधान (शारदा नगरपालिका – २ खलंगा सल्यान)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज