सल्यानमा बस दुर्घटना : ६ जना घाइते, २ को अवस्था गम्भीर (नामावली सहित)
भदौ १७, सल्यान ।
सल्यानमा बस दुर्घटना हुदा ६ जना घाइते भएका छन ।
जिल्लाको बागचौर नगरपालिका – १२ बाफुखोलाबाट दाङकाे तुलसीपुरका लागि छुटेको रा.१ ख २५४१ नम्बरको बस आइतबार बिहान करिब साढे १० बजेतिर बागचौर नगरपालिका – ७ चौफारी नजिक कच्ची सडकमा बीचमै पल्टिएर दुर्घटना भएको थियो ।
उक्त बसमा अन्दाजी २६/२७ जना सवार रहेकोमा ६ जना घाइते भएका हुन । घाइते हुनेहरुमा जिल्लाको बागचौर नगरपालिका – ६ चिसापानीकि २५ बर्षीय रन्जना शाह, सोही वडाको चौलाबोटका ६० बर्षीय गम बहादुर ओली सोही ठाउँकि २९ बर्षीय गिता बुढाथोकी, बागचौर नगरपालिका – ११ रातामाटाका ६३ बर्षीय विक्रम ओलि, वडा न. ६ मालजुङाकि २७ बर्षिय लिला खत्री ओलि र वडा – ६ कोटबाराकि ६५ बर्षीय तिलसरा वि.क. रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घाइते मध्ये रन्जना शाह र गम बहादुरको ओलिको अवस्था गम्भीर छ । शाह ५ महिनाकी गर्वपती महिला हुन । उनीहरुको अहिले स्थानीय मेडिकलमा उपचार भइ रहेको छ ।
बसका चालक दाङकाे तुलसीपुर उपमहानगरपालिका – ५ का ४७ वर्षिय नरेन्द्र बिकलाई प्रहरीले नियन्त्रणमा लिइ आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।
लेखकको सम्वन्धमा