युवा संघ कर्णाली प्रदेशको प्रथम अधिबेशन भदौ ६ र ७ गते हुने
साउन १९, सल्यान ।
राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशको प्रथम अधिबेशन भदौ ६ र ७ गते हुने भएको छ ।
साउन ७ गते कर्णाली प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकको निर्णय अनुसार संघको प्रथम अधिबेशन कर्णाली प्रदेश राजधानी बिरेन्द्रनगर सुर्खेतको जिल्ला समन्वय समितिको हलमा भदौ ६ र ७ गते हुने भएको हो ।
बैठकमा अधिबेशन संचालनकोलागि संघका संयोजक क. गणेशमान खनालको संयोजकत्वमा प्रदेश कमिटी सदस्यहरु र सबै जिल्ला अध्यक्षहरु सदस्य रहनेगरी मुल ब्यबस्थापन समिति र क. लोकेन्द्र गौतमको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति पनि गठन गरिएको छ ।
अधिबेशनमा सहभागी हुनकोलागि दस वटै जिल्ला र पालिकाहरुले प्रतिनिधि छनोट गर्ने कार्य साउन ३० गतेसम्म सक्नुपर्ने र साउन ३२ गते गतेसम्म प्रदेश कमिटीमा पठाइ सक्नुपर्ने छ ।
प्रतिनिधि छनोट गर्दा जिल्ला कमिटीबाट २ महिला सहित ५ जना, प्रत्येक नगर कमिटीबाट १ महिला सहित २ जना र प्रत्येक गाउँपालिका कमिटीबाट १ जना रहनुपर्ने छ ।
थप जानकारी :
लेखकको सम्वन्धमा