May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
दलित भएको भन्दै कोठाभाडामा बसेकालाई घरबाट निकाल्ने घरबेटी पक्राउ

दलित भएको भन्दै कोठाभाडामा बसेकालाई घरबाट निकाल्ने घरबेटी पक्राउ

असार १६, दाङ ।

दाङमा दलित भएको भन्दै कोठाबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ निवासी ताराप्रसाद पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । उनलाई आज शनिवार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पोख्रेलले आफ्नो घरमा भाडामा बसेका अछामको पञ्चल देवल नगरपालिका ७ पुल्तोलाका महेन्द्र विक र हुम्लाका अदानचुली गाउँपालिका ३ का अङ्गराज नेपालीलाई घर निकालेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोख्रेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज