April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
देशभरका उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत सल्यानबाट शारदा जनकल्याण मा.वि छनोट

देशभरका उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत सल्यानबाट शारदा जनकल्याण मा.वि छनोट

असार १०, सल्यान ।

शिक्षा मन्त्रालयले मुलुकभरबाट छनोट गरेका उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत सल्यानको कालिमाटी गाउँपालिका – ३ रामपुरको शारदा जनकल्याण मा.वि छनोटमा परेको छ ।

मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालय मध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका विद्यालय छनोट गर्ने क्रममा सल्यानबाट उक्त बिधालय छनोटमा परेको हो ।

हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

उत्कृष्ट घोषित भएका प्रत्येक विद्यालयले पाँच लाख रुपैयाँ पाउनेछन् ।
रकम स्थानीय तहमार्फत उपलब्ध गराइने भएको हो । रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भनाइ छ ।

केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ । विद्यालय कार्यसम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ ।

लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको छ । मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन् ।