May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा डबल क्याप जिप दुर्घटना : ५ जना घाइते

सल्यानमा डबल क्याप जिप दुर्घटना : ५ जना घाइते

 

बैशाख ११, सल्यान । सल्यानमा डबल क्याप जिप दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

सोमबार करिब ५ बजेको समयमा छत्रेश्‍वरी गाउँपालिका ६ कल्लेखोला मोडमा फलाबाङदेखी श्रीनगर तर्फ जादै गरेको लु .१ ज. ९७२७ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई भित्तामा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामा परेर ५ जना घाइते भएका छन । घाइते हुनेहरूमा शारदा नगरपालिका १२ अम्राईटाकुराकि ५८ बर्षीय गोमा बोहोरा, सोही ठाउँका २९ बर्षीय सागर बोहरा, ३८ बर्षीय कमला बोहरा, ३३ बर्षीय गोविन्द बोहरा र ४३ बर्षिय गोपिलाल बोहरा रहेका छ्न । घाइते मध्ये गोमा बोहराको अवस्था भने गम्भीर रहेको छ । उनलाइ श्रीनगर स्थिति कान्तिपुर सामुदायिक अस्पतालमा सामान्य उपचार पश्यात थप उपचारकोलागि नेपालगन्ज बाके तर्फ रिफर गरिएको छ । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको र श्रीनगरमा नै उपचार गरिदै छ ।

चालक शारदा नगरपालिका १२ का ३० बर्षीय राजेश बोहोरा भने फरार रहेको र उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज