December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
कपुरकोटमा नेपाल राष्ट्रिय शिक्षक संगठनको परिषद सम्पन्न

कपुरकोटमा नेपाल राष्ट्रिय शिक्षक संगठनको परिषद सम्पन्न

 

चैत ११, सल्यान । नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ ।

सांगठनीक अवस्थाको समिक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भुमिका लगाएतका विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै गाउँपरिषद सम्पन्न भएको उक्त संगठनले जनाएको छ ।

यहि चैत्र २० गते सम्म सदस्यता नविकरण गरिसक्ने निर्णय सहित नेपाल राष्ट्रिय शिक्षक संगठनमा नव प्रवेशीलाई स्वागत र स्थायी रुपमा शिक्षक सेवामा प्रवेश गर्ने संगठनमा आवद्ध शिक्षकहरुलाई सम्मान गरिएको संगठनका कपुरकोट गाउँपालिका अध्यक्ष डिल बहादुर नेपालीले बताए ।

कार्यक्रममा नेकपा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले शिक्षक समाजको बौद्धिक र परिवर्तनको संवाहक भएको उल्लेख गर्दै परिवर्तनकारी शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध रहेको बताए । यस संगठनको इतिहास गौरवपूर्ण रहेको बताउदै उनले शिक्षकहरुको कह हित संगै गुणस्तरिय शिक्षा दिन र समाजका विकृती एवम् अनियमितताका विरुद्ध खरो रुपमा उत्रनुपर्ने बताए ।

कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य घनश्याम शर्मा, संगठनका जिल्ला सचिव लोक बहादुर बुढा, एमाले कपुरकोटका अध्यक्ष द्रोण बहादुर केसी, सचिव मित्रलाल कठायत लगाएतले मन्तव्य राख्दै शिक्षक संगठनका गतिविधिहरुलाई नियमित गर्नुपर्नेमा जोड दिएका थिए । गाउँपरिषद्मा हालै स्थायी रुपमा शिक्षक सेवामा प्रवेश गरेका पाँच जनालाई प्रमाणपत्र, टिका, खादाबाट सम्मान र नवप्रवेशीलाई स्वागत गरिएको संगठनका पालिका कोषाध्यक्ष हस्त बहादुर बुढाले जानकारी दिए । कार्यक्रमको सहजिकरण सचिव दोर्ण साहुले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज