July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
युवा संगठन नेपालकाे शारदा नगर सम्मेलन सम्पन्न : अध्यक्षमा राेदिन श्रेष्ठ निर्वाचित

युवा संगठन नेपालकाे शारदा नगर सम्मेलन सम्पन्न : अध्यक्षमा राेदिन श्रेष्ठ निर्वाचित

 

चैत ९, सल्यान । सल्यानकाे शारदा नगरपालिकामा युवा संगठन नेपालकाे प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

संगठनकाे प्रथम नगर सम्मेलनबाट राेदिन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा भएको सम्मेलनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कमरेड प्रकाश गिरिले जानकारी दिए ।

सम्मेलनले श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय नगर समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्ष निराजन सिंह, सचिव बिमल पाैडेल, सह-सचिव टाेपेन्द्र बाेहरा, काेषाध्यक्ष करण नेपाली रहेका छन् । त्यस्तै सम्मेलनबाट निर्वाचित सदस्यहरु सुरज जिएम, कुमार राजगुरु, विनय बुढाथोकी, सुमन थापा, सुमन सी र सुधन याेगी रहेका छन् ।

युवा संगठनकाे साे प्रथम सम्मेलनमा प्रमुख अतिथिकाे रुपमा नेपाल कम्युनिस्ट पार्टीका उत्तर सल्यान जिल्ला सचिव कमरेड वीर बहादुर सी, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान इन्चार्ज कमरेड प्रकाश गिरि, जिल्ला पार्टीका सचिवालय सदस्यद्वय कमरेड टाेप बहादुर सी र प्रेम सी लगायतका नेताहरु अतिथि रहेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज