July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
लुहाम युवक मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

लुहाम युवक मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना पक्राउ

 

फागुन २३, सल्यान । गत फागुन १८ गते सल्यानको लुहाम खोला नजिकै मृत फेला परेका युवकको हत्या आरोपमा ४ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्ने २४ बर्षीय दिनेश बि.क फागुन १८ गते बिहिवार करिब ६ बजे तिर खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

घटना बारेमा मृतकको बुवाले दिएको किटानी जाहेरीका आधारमा ४ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

जाहेरीका आधारमा पक्राउ पर्नेहरुमा त्रिबेणी गाउँपालिका वडा नं. ०६ बस्ने ४० बर्षीय अमर बहादुर घर्ति, सोही ठाउँका ३० बर्षीय टिकाराम के.सी., ३४ बर्षीय बुद्धीराम श्रीष र कालीकोट जिल्लाको तिलागुफा नगरपालीका वडा नं. ०७ घर भई हाल सल्यानको लुहाम बस्ने ३० बर्षीय सुरेश जैसी रहेका छन ।

उनिहरुलाइ पक्राउ गरि जिल्ला अदालत सल्यानबाट कर्तब्य ज्यान मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज