September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेस्टर सहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेस्टर सहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

माघ २४, सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज वुढाथोकीसहित ६ जनाले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी -३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्दकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका -४, दाङ्गका सञ्चालक दुर्गाप्रसाद वली छन् ।

तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरुमाथि १ लाख ८७ हजार ८७७ रुपैयाँदेखि  २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज