April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक नवजात शिशु मृत फेला

सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक नवजात शिशु मृत फेला

 

फागुन १७, सल्यान । सल्यानमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका ४ डोढेरा स्थित शारदा नदिको किनारामा पानीमा तैरी रहेको अवस्थामा सालनाल सहितको मृत नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

मंगलबार साझ ७ बजे तिर स्थानीयले उक्त शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको लाश अहिले पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन ।

तस्बिर : फोटो फाइल

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज