January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
बुटवलका डीएसपी ठगबहादुर प्रहरी नियन्त्रणमा

बुटवलका डीएसपी ठगबहादुर प्रहरी नियन्त्रणमा

पुष ११, बुटवल ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो।

तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन्। इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले नियन्त्रणमा लिएर राखेको छ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको भनाइ छ।