सल्यानमा विमानस्थल निर्माणकोलागी सम्भाव्यता अध्ययन सुरु
मंसिर २९, सल्यान ।
सल्यानमा विमानस्थल निर्माणकोलागी सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलिले सल्यानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा विमानस्थलका लागि बिहीबार बसेको बैठकले उचित स्थान पहिचान गरेर अध्ययनको सुरुवात गरेको छ ।
विमानस्थल निर्माणकोलागि उचित स्थानको रुपमा छ्त्रेश्वरी गाउँपालिकामा पर्ने लेखपोखरा, शारदा नगरपालिका २ को लुहापिङ चन्द्रपाला, शारदा नगरपालिका ५ को ढार र बागचौर नगरपालिका ८ कोटमौलाको स्थानलाइ छ्नोट गरिएको छ ।
प्राधिकरणले आजै मात्रै शारदा नगरपालिका ५ को ढार र लुहापिङ चन्द्रपालको स्थलगत अध्ययन गरेको छ ।
यी स्थान मध्ये विमानस्थल निर्माणकोलागी उचित वातावरण, भौगोलिक बनावट, ट्राफिक, पहिरो जाने/ नजाने क्षेत्र, पानीको मुहान भए/नभएको, हावा चल्ने/नचल्ने र कुहिरो लाग्ने/नलाग्ने क्षेत्र पहिचान गर्ने र त्यसपछि मात्र ठाउँ छनोट गरिने नागरिक उड्डयन प्राधिकरणको टोलिले बताएको छ ।
तत्काल काम सुरु हुन्छ : सांसद प्रकाश ज्वाला
बैठकमा बोल्दै संघिय सांसद प्रकाश ज्वालाले यस अघि जिल्लाको कालिमाटी गाउँपालिका १ कोट र छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा अध्ययन गरे पनि अध्ययनमै सीमित भएको भन्दै अब अध्ययन प्रश्यात तत्काल प्रक्रियागत रुपमा काम सुरु हुने कुरामा कटिबद्ध रहन आग्रह गरेका छन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले विमानस्थल निर्माणका लागि सबैलाई पायक पर्ने स्थान छनोट गर्न र पछि गएर सञ्चालनमै नआई बन्द हुने अवस्था सिर्जना हुन नदिन त्यहिअनुसार अध्ययन गर्न प्राधिकरणको प्राविधिक टोलीलाई सल्लाह दिएका छन् । विमानस्थल निर्माण भए सबैलाई सहज हुने उनको भनाइ छ ।
जिल्लाबासीले भने विमानस्थल निर्माणको विषय यस अगाडिपनि अध्ययन डिपिआर समेत भएको र काम हुन नसकेको स्मरण गर्दै यो पटकपनि अध्ययन मात्र सीमित हुन नदिन सम्बन्धित निकाय र जिल्लाबाट निर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् । उनीहरूले सदरमुकाम आसपासमै विमानस्थल उपयुक्त हुने दाबी गरेका छन् ।
#सल्यानमा विमानस्थल #सल्यान विमानस्थल #विमानस्थल
प्रतिकृया दिनुहोस्