तुलसीपुरका ब्यापारीसंग यौन सम्बन्धको प्रस्ताब राख्दै ५ करोड माग्ने ३ जना पक्राउ
मंसिर २५, दाङ ।
तुलसीपुरका एक ब्यापारि माथी यौन सम्बन्धको प्रस्ताव राख्दै ५ करोड बार्गेनिङ गर्ने ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक संजय बेलबासेका अनुसार घोराहीका रुद्र बहादुर केसि तुलसीपुरकि कृष्णी कुमारी बस्नेत र दाङ गढवा घर भइ हाल तुलसीपुर बस्ने अनुष्का सिंह भनिने कृष्णी गहतराज पक्राउ परेका हुन ।
उनिहरुले बलात्कार मुद्दा हाल्ने भन्दै एक व्यावसायिसंग ५ करोडको बार्गेनिङ गर्दै आएका थिए । ती ब्यापारीको उजुरीका आधारमा उनिहरुलाइ प्रहरीले पक्राउ गरेको हो । उनिहरुले ३० लाख नगद लागि सकेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।
घटनामा संगलग्न अनुष्काको २ वटा नागरिकता समेत रहेको खुलेको छ ।उनिहरुमाथी थप अनुसन्धान भइ रहेको छ ।
Galaxy4k
#जिल्ला प्रहरी कार्यालय दाङ #यौन सम्बन्ध प्रस्ताव #पक्रा'उ
लेखकको सम्वन्धमा