October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
एघारौं राष्ट्रिय कर दिवस : सल्यानमा सर्वाधिक आयकर तिर्ने व्यवसायी केसी सम्मानित

एघारौं राष्ट्रिय कर दिवस : सल्यानमा सर्वाधिक आयकर तिर्ने व्यवसायी केसी सम्मानित

मंसिर १२, सल्यान । करदाता सेवा कार्यालय सल्यानले आर्थिक बर्ष २०७७/७८ मा सल्यानमा सबैभन्दा बढी आयकर तिर्ने व्यवसायी सन्तोष केसीलाई सम्मान गरेको छ ।

एघारौ राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सल्यान जिल्लामा दर्ता भइ संचालनमा रहेका व्यवसायहरू मध्ये बाट सर्वाधिक आयकर तिर्ने उत्कृष्ट करदाताको रुपमा कार्यालयले एक कार्यक्रमका बीच केसीलाई सम्मान गरेको हो ।
केसी, सल्यान श्रीनगरमा रहेको संचाद कन्ट्रक्सन सेवा / संचाद सप्यालर्सका प्रोप्राइटर हुन ।

व्यवसाय सँगै राजनीतिमा सकृय केसी नेपाली कांग्रेस सल्यानका  उपसभापति र छत्रेश्वरी गाउँपालिका सल्यानका निवर्तमान निर्वाचित अध्यक्ष समेत हुन ।

राजनीति नेतृत्वहरूमा आर्थिक पारदर्शीता हुनुपर्छ भन्नेमा जोड दिदै आएका केसीले छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष हुदा आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गरेका थिए ।

सर्वाधिक आयकर तिर्ने करदाताको रुपमा राज्य बाट सम्मानित भएपछि व्यवसायी केसीले निरन्तर व्यवसाय गर्न थप उर्जा प्राप्त भएको बताए ।

यस अवसरमा उनले यो अवस्थासम्म आइपुग्न मार्गदर्शन गर्ने स्व. बुवा, व्यवसायको जग बसाउने आमा, मेहनत गर्ने श्रीमती चांदनी केसी, कर प्रणालिलाई ब्यबस्थित गर्न मद्दत गर्ने रामचरण गुप्ता लगायत ग्राहक बर्गलाई धन्यवाद दिदै राज्यलाई तिर्नुपर्ने कर समयमै तिर्न र सभ्य व्यवसायीको परिचय दिन समेत अपिल गरेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज