August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु

घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु

असोज १८, चितवन ।

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।

पुरानो मेडिकल कलेज पुर्‍याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।