February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
पार्टी बिभाजनपछि एमालेमा रहेका सल्यानका २ नेता माओवादीमै फर्किए

पार्टी बिभाजनपछि एमालेमा रहेका सल्यानका २ नेता माओवादीमै फर्किए

असोज १४, सल्यान ।

चुनावको मुखैमा सल्यानका दुई एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीका सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल माओवादीमा प्रवेश गरेका हुन् ।

दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन् । उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।

कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डर समेत थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ल लगायत थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज