March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
सल्यान कपुरकोटमा जिप दुर्घटना, आठ जनाको मृत्यु, एक जना गम्भीर घाइते

सल्यान कपुरकोटमा जिप दुर्घटना, आठ जनाको मृत्यु, एक जना गम्भीर घाइते

असोज १२, सल्यान । राप्ती राजमार्ग अन्तरगत सल्यान कपुरकोट ३, मुलपानी स्थित यात्रुबाहक जिप दुर्घटना भएको छ ।

बाँके कोहलपुर ढकेरी बाट सल्यानको रिम तर्फ जादै गरेको रा.१ ज.५६३ नंम्बरको जिप बिहीबार बिहान अन्दाजी ३:३० बजेतिर दुर्घटना भएको हो ।


जिप अनियन्त्रित भई सडक बाट अं.१५० मिटर तल खसेको र दुर्घटनामा परि जिपमा सवार ९ जना मध्ये १ जना महिला र ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको र १ जना पुरुष गम्भीर घाईते अबस्थामा फेला परी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घटनास्थलमै मृत्यु हुनेहरुमा १) चालक,सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.२१ को जित बहादुर बोहोरा, २)ऐ.ऐ.बस्ने वर्ष अ.३७ को धर्मा ओली,३) ऐ.ऐ.बस्ने वर्ष अ.४० को टोप बहादुर ओली, ४) निजकै छोरा वर्ष अ.११ को बसन्त, ५) ऐ.ऐ. बस्ने वर्ष अ.३० को सुरेश खत्री, ६) ऐ.ऐ.बस्ने वर्ष अ.७० को खुमलाल ओली, ७) ऐ.ऐ.बस्ने वर्ष अ.५५ कि कुमारी ओली र ८) ऐ.५ रीम बस्ने वर्ष अ.३५ को ललित ओली रहेका छन ।

घाईते सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.३५ को तिलक ओली उपचारको लागी दाङ तर्फ पठाएकोमा ६:०० बजेको समयमा प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेको अवस्था बोल्न सक्ने अवस्थामा रहेको र मृतक लाशहरुलाई प्रहरी उद्दार गरी जिल्ला अस्पताल सल्यानमा ल्याउने पहल भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज