May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
सल्यानमा गरगहना र नगद रकम चोरेको आरोपमा एक ब्यक्ति पक्राउ

सल्यानमा गरगहना र नगद रकम चोरेको आरोपमा एक ब्यक्ति पक्राउ

भदौ २८, सल्यान । सल्यानमा गरगहना र नगद रकम चोरेको आरोपमा एक ब्यक्ति प्रकाउ  छन ।

जिल्लाको शारदा नगरपालिका ३ थापागाउँ खलंगामा सोमबार दिउँसो ३ बजेको समयमा धनुमाँया श्रेष्ठको घरबाट सुनको गरगहना र नगद रकम चोरेको आरोपमा दाङ तुलसिपुर उ.म.न.पा – ३ रक्षाचौर बस्ने २१ बर्षीय दिपेश डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको सुचना प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलिले डाँगीलाई सुनजस्तो देखीने पहेलो रंगको ६ से.मी. लम्बाई र २ से.मी गोलाई भएको तिलहरी थान-१, नगद रु. २,६७० सहित सोमवार २७ गते साझँ  ५ बजे श्रिनगर स्थित रुकुमचोकबाट पक्राउ गरेको थियो ।

अभियुक्त डाँगीलाई चोरी सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप भइ अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज