September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
रासायनिक मल खरिद बिक्रिमा कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ

रासायनिक मल खरिद बिक्रिमा कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ

साउन ०४, सल्यान। सल्यानमा रासायनिक मल खरिद बिक्रीमा कालोबजारी गर्ने एक जना ब्यक्ति पक्राउ परेका छन।

जिल्लाको शारदा नगरपालिका वडा न. १ श्रिनगर स्थित अभियान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शारदा न.पा. वडा न. १३ लेखटाकुरा बस्ने प्रबिन घर्ती मगरले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सल्यान शाखाबाट अनुदानमा रासायानिक मल खरिद गरि आफ्ना कृषक सदस्यहरुलाई बिक्रि वितरण गर्नु पर्नेमा सम्बन्धित कृषकहरुलाइ बिक्रि नगरि अन्यत्र बिक्रि बितरण गरि कालोबजारी गरेको अभियोगमा प्रहरीले उनलाइ पक्राउ गरेको हो।

मालबस्तुको विचलन सम्बन्धी कसुर गरेको आधारमा उनलाइ कानुन बमोजिम कारवाही गरि पाऊ भनि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सल्यान शाखाको तर्फबाट प्रबिण जङ्ग शाहको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलिले उनलाइ पक्राउ गरेको हो।

घर्तीलाई खोजतलास गर्ने क्रममा श्रिनगर बजारबाट फेला पारि पक्राउ गरि जिल्ला प्रशासन कार्यालय सल्यानबाट कालोबजारी सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप भई अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।