May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सल्यानमा बालिकालाई जबर्जस्तीकरणि गरेको आरोपमा २ जना पक्राउ

सल्यानमा बालिकालाई जबर्जस्तीकरणि गरेको आरोपमा २ जना पक्राउ

असार २४, सल्यान।

सल्यानकी १४ बालिकालाई जबर्जस्तीकरणि गरेको आरोपमा जाजरकोटका २ जना युवा पक्राउ परेका छ्न।

जिल्लाको कुमाख गाउँपालिका १ शान्तीबजार निवासी १४ वर्षिया बालिकालाई जबर्जस्तीकरणि गर्ने जारजरकोटको भेरी नगरपालिका १२ का अन्दाजी २२ वर्षिय रमेश भण्डारी र २० वर्षिय डिल्ली बस्नेतलाई जाजरकोट स्थित घरबाट प्रहरीले पक्राउ गरेको हो।

बालिका आफ्नो घर नजिकै रहेको ठुली आमाको घरमा सुत्न गएको थिइन। सुति रहेको बेला बुधबार राती ११ बजेको समयमा ती दुई जना युवाले जबरजस्ती करणी गरि फरार भएका थिए।

घटनाको बारेमा परिवारलाई जानकारी भएपछि प्रहरीलाई खबर गरेका थिए। परिवारले दिएको पहिचान अुनसार प्रहरीले आरोपीत दुई जनालाई जाजरकाेट स्थित घरबाटै पक्राउ गरेको हो।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याउने तयारी गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज