June 16, 2026, Tuesday
२०८३ असार ३, बुधबार
सल्यानकी युवतीलाई अभद्र व्यबहार गरेको आरोपमा दाङका पत्रकार आचार्य पक्राउ

सल्यानकी युवतीलाई अभद्र व्यबहार गरेको आरोपमा दाङका पत्रकार आचार्य पक्राउ

असार २४, दाङ। सल्यानकी युवतीलाई अभद्र व्यबहार गरेको भन्दै प्रेस चौतारी दाङका इन्चार्ज पत्रकार गणेश आचार्य काठमाडौंबाट पक्राउ परेका छन।

स्वयम्भुबाट उनलाई युवतीको अभद्र ब्यबहार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले बताए।

उनले आचार्य विरुद्ध म्याद थपेर मुद्धा दर्ता हुने बताए। जाहेरी दिने युवती बिबाहित हुन र उनको सल्यान घर भई काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

युवतीसंग बिबादपछि युवती आफै नै प्रहरी समक्ष पुगेकि थिइन। पक्राउ परेका आचार्य पनि बिबाहित हुन।