September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
सल्यानका जुवाडे तुलसीपुरको एक होटेलबाट पक्राउ

सल्यानका जुवाडे तुलसीपुरको एक होटेलबाट पक्राउ

असार १८, सल्यान।
सल्यानका ७ जना जुवाडे दाङ तुलसीपुरको एक होटलबाट पक्राउ परेका छ्न।


बसपार्कमा रहेको रातामाटा होटलमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलिले एक लाख नगद सहित जुवाको खालबाट पक्राउ गरेको हो।

उनिहरुबाट नगत १ लाख २ हजार ३ सय ६० रुपैया सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा सल्यानको त्रिबेणी गाउँपालिका १ घर भई हाल बबई गाउँपालकिा १ निबासी ४१ बर्षका टोप बहादुर बोहरा, सल्यानको शारदा नगरपालिका १० पैयाखर्क घरभई हाल तुलसिपुर उपमहानगरपालिका ५ बसपार्क बस्ने बर्ष ४१ का गुण बहादुर चलाउने, शारदा नगरपालिका १० पैयाखर्क बस्ने बर्ष ३४ का अमर राज खड्का र बर्ष २६ का जित बहादुर चलाउने रहेका छन्।

यसैगरी, सल्यानकै त्रिबेणी गाउँपालिका १ बस्ने बर्ष ३७ को धर्मराज थापा, त्रिबेणी गाउँपालिका २ कारागिठी बस्ने बर्ष ३६ का गुमान सिंह बुढाथोकी र शारदा नगरपालिका ११ र भई हाल तुलसिपुर उप–महानगर पालिका ५ स्थित रातामाटा होटेल संचालन गरी बस्ने बर्ष ३५ का सेतीराम बुढाथोकी रहेका छन।