February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सल्यानको त्रिवेणी गाउँपालिकाद्वारा ४ जना उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान

सल्यानको त्रिवेणी गाउँपालिकाद्वारा ४ जना उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान

असार १६, सल्यान।  सल्यानको त्रिबेणि गाउँपालिकाले उत्कृष्ट ४ जना कृषकहरुलाइ नगत रकम सहित सम्मान गरेको छ।

बिहीवार आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष सर्वोत्कृष्ट कृषक पुरस्कार त्रिवेणी गाउँपालिका वडा नं. ५ ढोरचौरमा बाख्रापालन व्यवसाय गर्दै आएका नेत्रलाल खड्काले पाएका छन। उनलाइ नगद रु ५० हजार सहित सम्मान पत्र गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले प्रदान गरेकि हुन।

यसैगरी त्रिवेणी ४ फलाबाङमा भैसीपालन गर्दै आएका कुल बहादुर भण्डारीले रु २० हजार सहित सम्मान पत्र,त्रिवेणी २ मा तरकारी खेती गर्दै आएका कर्ण बहादुर थापाले नगद रु २० हजार सहित सम्मान पत्र र त्रिवेणी ६ सिमापाखामा तरकारी खेती गर्दै आएका रत्नलाल रेउलेले रु २० हजार र सम्मान सहित उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो।

व्यावसायिक कृषी गर्ने कृषकहरुलाइ प्रोत्साहन गर्ने हेतुले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज