June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
सल्यानमा विषादी सेवन गरि एक बालिकाको मृत्यु

सल्यानमा विषादी सेवन गरि एक बालिकाको मृत्यु

असार १३, सल्यान।

सल्यानमा विषादी सेवनबाट एक बालिकाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका ९ मेलटाकुरा निबासी ३ वर्षकी बिमला बोहराको सोमबार विषादी सेवनबाट मृत्यु भएको हो।

बुबा आमा खेतबारीमा काम गर्न गएको बेला मकैमा प्रयोग गर्ने किटनाशक विषादी सेवन गर्दा बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ।

विषादी सेवन पश्चात् बेहोस बालिकाको उपचारको लागि जिल्ला अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख (डिएसपी) सुमित जानकारी दिएका छन।