September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
रोल्पामा किशोरी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

रोल्पामा किशोरी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

हुकुम खड्का- असार १, रोल्पा।
किशोरी बलात्कारको अभियोगमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मोहन केसीलाइ प्रहरीले पक्राउ गरेको छ।

रोल्पाको माडी गाउँपालिका १ की एक किशोरीलाइ करणी गरेको भन्ने सूचना स्थानीय दिएपछि पक्राउ गरिएको हो।

केसीलाई अनुसन्धानको लागि सोमबार राती पक्राउ गरेको इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ।

केसी गएको स्थानीय तहको चुनावमा त्रिवेणी ६ को वडा सदस्यमा नेपाली कंग्रेसको तर्फबाट चुनाव जितेका थिए।

वडा सदस्य केसीलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँमा राखिएको छ ।