May 24, 2025, Saturday
२०८२ जेष्ठ ११, शनिबार
अत्याधिक भारबहन सहित दाङ-सल्यान सडक खण्डमा आवतजावत गर्ने टिप्परमाथी प्रतिबन्ध

अत्याधिक भारबहन सहित दाङ-सल्यान सडक खण्डमा आवतजावत गर्ने टिप्परमाथी प्रतिबन्ध

जेठ २१, सल्यान।
दाङ सल्यान सडक खण्ड अन्तर्गत रोल्पा सिमेन्टकोलागि कपुरकोट भएर ढुङ्गा बोक्ने टिप्परहरु कपुरकोट गाउँपालिका सल्यानले प्रतिबन्ध गरेको छ।

कपुरकोट गाउँपालिका कार्यपालिकाको शुक्रबार बसेको बैठकले ढुंगा ओसारपसार गर्ने टिप्परहरुलाइ प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

टिप्परहरु अत्यधिक भारबहन सहित आवतजावत गर्दा नागरिकको स्वास्थ्यमा साथै वातावरणीय दृस्ठिकोणले पनि ठुलो असर गरेको भन्दै ढुंगा ओसारपसार गर्ने टिप्परलाइ प्रतिबन्ध लगाइएको हो।

यो सडक खण्डमा रोल्पाको त्रिबेणि गाउँपालिकामा रहेको रोल्पा सिमेन्ट प्रालिकालागि दैनीक १५० भन्दा बढी  टिप्परहरु अत्यधिक भारबहन सहित आवतजावत गर्ने गर्दछन् ।

जसले गर्दा कपुरकोट क्षेत्रका नागरिकको जिउधनको सुरक्षाको साथै जिवनस्तरमा पनि प्रत्यक्ष असर पुर्याइ रहेको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।

स्थानीयहरुको मागअनुसार ढुंगा बोक्ने टिप्परमा प्रतिबन्ध लगाउने निर्णय गरेको उहाँको भनाई छ।

उक्त निर्णय सबै सरोकारवालाहरुलाइ पत्रचार गरिसकेको पनि बताए।

गाउँपालिकाको निर्णयसँगै स्थानीयहरु टिप्पर रोक्न सडकमै उत्रिएका छन।

शनिबार बिहानमात्रै एउटा टिप्परलाइ खाली भन्ने ठाउँबाट फर्काइएको स्थानीय अम्बर बिसीले बताएका छन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज