September 23, 2026, Wednesday
२०८३ आश्विन ८, बिहीबार
सल्यानको बागचौर नगरपालिका १० मा एमालेका शर्मा सहित पुरै प्यानल विजयी

सल्यानको बागचौर नगरपालिका १० मा एमालेका शर्मा सहित पुरै प्यानल विजयी

जेठ ४, सल्यान।
सल्यानको बागचौर नगरपालिका वडा नं.१० को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार ज्ञान प्रसाद शर्मा ३५४ मत ल्याइ बागचौर नगरपालिका १० मा विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्र बहादुर खड्काले २७८ मत ल्याएका छन ।

शर्माले खड्कालाई ७६ मतान्तरले हराएका छ्न।

तेस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार गगन खत्रीले २१९, राप्रपा दोर्ण बहादुर खत्रीले ५ र स्वतन्त्र उम्मेदवार कृष्ण खड्काले २३८ मत प्राप्त गरेका छन ।

यो वडामा जम्मा १० नम्बर वडामा जम्मा कुल मत ११९९ खसेको थियो ।