April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीसहित ६ जना घाइते

बैशाख २८, काठमाडौं ।
सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सिम्ता गाउँपालिका ६ मा कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।

झडपमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेत प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले एमाले र कांग्रेस समर्थक र प्रहरी समेत घाइते भएको जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ ।

  • तस्बिर :- फोटो फाइल