January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
कर्णालीका आठ जिल्लामा गठबन्धनबीच भागवण्डा : सल्यानलाइ  कति ?(सूचीसहित)

कर्णालीका आठ जिल्लामा गठबन्धनबीच भागवण्डा : सल्यानलाइ कति ?(सूचीसहित)

११ बैशाख सल्यान।
कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागवण्डा टुंगो लगाएको छ ।

बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो  लगाएको हो ।

एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा भने काँग्रेस र माओवादी केन्द्रले ४/४ प्रमुख पाउँदा समाजवादीले दुई प्रमुख र दुई उपप्रमुखमा चित्त बुझाएको छ ।

माओवादी केन्द्रले उपप्रमुखमा ५ वटा पाउँदा काँग्रेसले ३ वटामा चित्त बुझाउनु परेको छ ।

त्यस्तै सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउन बाँकी छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ ।

यस्तो छ गठबन्धनको भागबण्डा

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज