May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा पालिका प्रमुखको दौडमा ७ महिला

सल्यानमा पालिका प्रमुखको दौडमा ७ महिला


१० वैशाख, सल्यान ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

पालिका प्रमुखका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रममालाई तीव्रता दिएका छन् ।

दलहरुले कतै सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेका छन् भने सर्वसम्मत नभएका ठाउँमा सबै आकांक्षीहरुको नाम समावेश गरेर माथिल्लो तहमा सिफारिस गरिरहेका छन् ।

एमाले पार्टीले पालिका प्रमुखको उम्मेदवारीमा ७ जना महिलाको नाम सिफारिस गरेको छ । सर्वसम्मत नभएर धेरै आकांक्षी भएका पालिकाहरुमा महिलाको नाम सिफारिसमा परेका छन् । तर सर्वसम्मत उम्मेदवार टुंगिएको पालिकामा भने महिलाको नाम सिफारिस भएको छैन ।

नेकपा माओवादी केन्द्रले बागचौर नगरपालिकाको प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य टीका बुढाथोकीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । बुढाथोकीसँगै माओवादी केन्द्रबाट बागचौर मेयरका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य ५ जना पुरुष छन् । त्यस्तै माओवादीले कुमाख र छत्रेश्वरी गाउँपालिकामा पनि महिला उम्मेदवारलाई सिफारिस गरेको छ ।

कुमाखमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर र छत्रेश्वरीमा गीताञ्जली भण्डारीको नाम सिफारिस भएको छ । यी पालिकाहरुमा पनि सर्वसम्मत सहमति नहुँदा धेरैको नाम सिफारिस भएको हो । सिफारिस हुने अन्यमा पुरुष छन् । माओवादीले उम्मेदवार टुंगो लगाएका सल्यानका ७ पालिकामा भने सबै पुरुषको नाम सिफारिस भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज