सल्ली – चौरजहारी सडकखण्डमा गुणस्तरहिन पिच हुदै, निर्माण सम्पन्न नहुदै उत्रिन थाल्यो
दुर्गा विसि – श्रावण ०२, सल्यान । सल्ली – रुकुम चौरजहारी सडकखण्डको काम यतिखेर धमाधम अघि वढिरहेको छ । कोरोना कहरले दुई वर्ष यता काममा वाधा पुर्याए पनि यसपटक काम अघि बढेको थियो तर काम भने राम्रो नभएको स्थानीयले बताएका छन ।
पिच गर्ने सडकको वेस मिलेको छैन । वेस नमिलाएरै धमाधम पिच हुन थालेको छ । पिचको पहिलो, दोस्रो र तेस्रो कोड हान्दा समेत पिचको लेवल मिलेको छैन । पिच गरेको सडक मै खाल्डाखुल्डी रहेको छ भने मोडहरुमा फाइनल कोड समेत उत्रन सुरु गरेको छ।
सडक डिभिजन कार्यालय रुकुम पश्चिम भने अनुगमन र रेखदेख नगर्दा काम गुणस्तरिय नभएको स्थानियको आरोप छ । आर्थिक वर्ष सकिदै गर्दा ठेकेदार र सडक डिभिजन कार्यालय रुकुम पश्चिमको मिलोमतोमा झारा टार्ने वाहेक गुणस्तरिय काम नभएको उनिहरुले बताउने गरेका छन ।
सडक डिभिजन कार्यालय रुकुम चौहरजारीबाट करिव ५ किलोमिटर र पुर्वाधार बिकास कार्यालय सल्यानबाट डेढ किमि सडक पिच गर्न विशाल निर्माण सेवाले जिम्मेवारी ठेक्का पाएको थियो । थेगिम जेभिबाट विशाल निर्माण सेवाले लथालिङ भएको काम समालेको थियोे । विभिन्न वहाना र कामको जिम्मेवारी लिदै विचमा छाड्दै गर्दा ५ वर्ष अघि सुरु भएको योजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
यतिखेर भने निर्माण कम्पनीले काममा ताकेता दिए जस्तो गरेको छ तर काम भने सन्तोषजनक नभएको पाइएको छ । गत वर्ष कोभिडकै कारण अवरुद्ध काम यसपालि पुर्णता पाए पनि काम राम्रो हुन नसकेको जनाईएको छ ।
५ वर्षमा ५ किमि सडक पिचको कामले तादारुकता नपाउदा आवतजावतमा स्थानीयले दुख खेपिरहेका छन । आ.व. २०७२– ०७३ मा सडक डिभिजन कार्यालय दाङ र थेगिम जेभि गाल्भाका नरहरि थपलिया विच २०७४ मा सम्पन्न गर्ने गरि ११ करोडौंको टेण्डर ९ करोडौंमा काम हुने गरि सम्झौता भएको थियोे ।
तर विडम्बनापूर्ण करिव ४ भन्दा बढि निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गर्दै छाड्दै गरेको काम अहिले विशाल निर्माण सेवाले गरिरहेको छ । उक्त सडकलाई पनि संघीयताले समस्या वनायो । सडक डिभिजन कार्यालय दाङले हेरको सडक पुनः कर्णाली प्रदेश रुकुम पश्चिम चौहारजारिमा रहेको सडक डिभिजन कार्यलयको जिम्मेवारीमा आउदा नै ढिलाइ भयो । सडक लथालिङ्ग हुनुमा राज्यको पुनर्संरचना र मुख्य ठेकेदार थपलियाको लापरबाही भएको स्थानीयको भनाइ रहेको छ ।
थपलियाले राम्रो मान्छेलाई जिम्मेवारी नदिएका कारण काममा ढिलाइ भएको हो । काम नगर्ने, लापरबाही गर्ने थपलियाको कम्पनीलाई समेत सडक डिभिजनले कारवाहि नगर्दा ४ वर्ष अघि सम्पन्न हुने काम अहिलेसम्म पूरा हुन सकिरहेको छैन । हाल आएर काम भए पनि सडक डिभिजन कार्यालयले कामको रेखदेख नगर्दा सडक पिचको काम बिग्रेर चौपट्टै भएको छ ।
पिच भएको सडकको समेत लेवेल र वेश मिलेको छैन । सडक डिभिजन कार्यालयको चरम लापरबाहीले लामो समय पिचमा गुड्ने, हिड्ने सपना वोकेका स्थानीयको चाहानामा कुठाराघात हुने देखिन्छ । गुणस्तरहिन पिच उप्किन सुरु भएको छ । एक वर्ष सम्म समेत पिच नरहने अवस्था रहेको छ ।सल्ली रुकुम चौहारजारी सडक खण्ड ट्र्याक खोलिएको झण्डै १७ वित्दै छ । अझै ४१ किमि सबै स्थान स्तरवृद्दि हुन सकिरहेको छैन ।
सडक निकै जोखिमपूर्ण हुदै गएको छ । भैरहेको पिच समेत गुणस्तरीय नभएपछि स्थानिय आक्रोशित भएका छन । यस बिषयमा सडक डिभिजन कार्यालय रुकुम पश्चिम सँग कुरा गर्नखोज्दा सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस्