December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
छत्रेश्वरी गाउँपालिकाको दसौं गाउँ सभा सम्पन्न, नीति कार्यक्रम र बजेट पास

छत्रेश्वरी गाउँपालिकाको दसौं गाउँ सभा सम्पन्न, नीति कार्यक्रम र बजेट पास

असार १६, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले आगामी आर्थिक बर्सको बजेट पास गरेको छ ।

बुधबार दशौ गाउँसभाबाट नीति तथा कार्यक्रम ल्याउदै गाउँपालिकाले बजेट पास गरेको हो । गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधार र पुराना कार्यक्रमलाई निरन्तरता दिनेगरि बजेट ल्याएको हो।

आर्थिक वर्ष २०७८/०७९ का लागी गाउँपालिकाले ४५ करोड ४२ लाख १२ हजार ३ सय ४२ रुपैयाँको बजेट ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए।

गाउँपालिका अध्यक्ष सन्तोष केसीले संघिय सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान ९ करोड ७६ लाख, शसर्त अनुदान १९ करोड ३१ लाख, शसर्त अनुदान पुजिगत ७२ लाख, राजस्व बाडफाड संघीय सरकार ७ करोड ३४ लाख ४९ हजार, प्रदेश सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाडफाड ६ लाख २१ हजार ३ सय ४२, सशर्त अनुदान १ करोड १२ लाख १३ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान १ करोड २० लाख, गत आर्थिक बर्षको बचत ४ करोड १० लाख, र आन्तरिक आम्दानी ५० लाख सहितको बजेट प्रस्तुत गरेका हुन ।

वडा मार्फत विभिन्न स्तर हुँदै छनौट भएका योजना हरुमा ५ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ। एक वडा एक एम्बुलेन्स राख्ने प्राबधान अन्तरगत थप ४ वटा एम्बुलेन्स खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ।

त्यस्तै निति कार्यक्रम तथा बजेटमा नेपालकै ठूलो शंख स्थापना भैरहेको शंखपार्कलाई धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउन समाबेस गरिएको छ भने बुराँसे युद्ध पर्यटन क्षेत्र निर्माण गर्न नयाँ योजना ल्याउने गाउँपालिकाले जनाएको छ।

बजेट मार्फत कृषि, पशु, महिला बिकास, लागि आबस्यक बजेट बिनियोजन गरिएको उपाध्यक्ष सीता केसीले बताइन । नियमित औषधि उपकरण आपूर्ति गर्ने, दलित , महिला, आदिवासी, जनजाती, अपाङ्गता, भएका ब्यक्ती समाबेस हुनेगरी क्षमता बिकास र उद्दमशिलता पर्बर्धन कार्यक्रमलाई सम्बोधन गरिएको उपाध्यक्ष केसीले बताइन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज