बर्षा लागेपछि ‘डढेलो’ बारे सतर्कता सुचना प्रचारप्रसार गर्दै डिभिजन वन कार्यालय सल्यान
जेठ ३१, सल्यान । केही दिनदेखि देशभर बर्षाद सक्रिय भएको छ । यो वर्ष करिव जेठ मध्ये बाटै पानि पर्न थालेको थियो । गत बर्ष भन्दा यस बर्ष नेपालमा छिटो बर्षाद सुरु भएको मौसम विद्हरुले बताएका छन । यस बर्ष धेरै बर्षाद हुने सम्भवना भएकाले बर्षाद बाट उत्पन्न हुने जोखिमको सामना गर्न पूर्वतयारी गर्न विज्ञहरुले सुझाव दिएका छन ।
देशमा मनसुन भित्रिसकेको यो वेला सरकार र सरकारका निकायहरु बर्षाद बाट उत्पन्न हुनसक्ने संभावित जोखिमहरु बाढी पहिरो, डुवान, बाट बच्न, बचाउन, सतर्कता, रोकथाम तथा नियन्त्रण गर्न सचेतना तथा उद्धार एवं राहतको लागि पूर्व तयारी गर्नुपर्ने हो । तर सरकारी निकायहरुको ध्यान त्यसतर्फ भन्दा पनि अनेत्रै गएको छ ।

यसै सन्दर्भमा सल्यान जिल्लाको डिभिजन बन कार्यालय सल्यानले बर्षा मौसम सुरु भएपछि आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक सर्तकता सुचना सन्देश प्रकाशन, प्रशारण, प्रचारप्रसार तथा अभिमुखिकरण गर्न थालेको छ । कार्यालयले सामाजिक संजाल लगाएत जिल्लाका संचार माध्यामहरु बाट डढेलो रोकथाम तथा सतर्कता सम्बन्धि उक्त सुचना प्रचारप्रसार गर्न थालेको हो ।
आगलागीको अत्याधिक जोखिम हुने फागुन, चैत तथा बैशाख जस्ता महिनाहरुमा प्रचारप्रसार, अभिमुखिकरण तथा प्रकाशन, प्रसारण गर्नूपर्ने ‘आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक सतर्कता सन्देश’ उक्त समयमा नगरेर डिभिजन बन कार्यालय सल्यानले अहिले बर्षादको समयमा प्रकाशन प्रसारण तथा प्रचारप्रशार गर्न थालेको हो ।

उक्त सतर्कता सुचना प्रचारप्रसारको लागि डिभिजन बन कार्यालय सल्यानले जिल्लाका संचार माद्यमलाई जेठ अन्तिम तथा असारको सूरुमा संझौताको लागि आह्वान गरेको हो । सम्झौता आह्वान गरेका संचार माद्यमहरु मध्ये केहिले कार्यक्रममा सम्झौता गरिसकेका छन भने केहीले अहिले बर्षादको समयमा आगलागि तथा डढेलो नियन्त्रण सम्बन्धिको सुचना प्रकाशन गर्न अप्ठेरो मानेर संझौता गर्न ढिलाई गरेको बुझिएको छ ।
अहिले बाढी पहिरो डुवान जस्ता समस्या कसरी रोकथाम तथा नियन्त्रण गर्ने, कसरी संभावित जोखिम बाट बच्ने वा जोखिममा परेको वेला कस्ता उपाय अवलम्बन गर्ने भन्नेबार जनचेतना फैलाउने वेला डिभिजन वन कार्यालय सल्यानले आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धी सर्तकता तथा जनचेतनामूलक सुचना प्रकाशन प्रशारण गर्न थालेको हो ।

कुन समयमा कस्तो सुचना सन्देश प्रकाशन गर्ने भन्ने कुनै आधार हुन्छ कि हुदैन भन्ने नयाँ दृष्टिको प्रश्नमा डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले हास्यास्पद जवाफ दिएका छन । प्रकोपको कुनै समय नहुने बताउदै उनले यस बर्ष छिटो बर्षाद सुरु भएपनि फेरी बर्षा हटेर, खडेरी भएर पुनः आगलागिको जोखिम हुने भएकाले अहिले प्रशारण प्रकाशन गर्दा फरक नपर्ने बताए ।
त्यस्तै अहिले संझौता गरेपनि उनले सम्बन्धित मिडियाहरुले आगलागी हुने समयमा नै सुचना प्रकाशन – प्रशारण गरेको दावि गरे । तर प्रमुख गिरी स्वंयले भने डढेलो सतर्कता सम्बन्धि उक्त जनचेतनामूलक सन्देश (जुन ७ तारिक) अर्थात जेठ २४ गते आफ्नो फेसबुक एकान्टमा पोस्ट गरेका छन ।

डढेलो सतर्कता सम्बन्धि उक्त सामाग्री असारको महिनामा बेमौसममा प्रचारप्रसार गर्नु नै संकास्पद र अनैतिक गतिविधि भएको सरोकारवालाहरुले आशंका गरेका छन । डढेलो लाग्ने समयमा १-२ वटा डेमो प्रदर्शन बाहेक सो सम्बन्धि खासै काम नगरेको कार्यालयले उक्त शिर्षकमा कति खर्च गरेको छ भन्ने बारे एकिन भैसकेको छैन ।
यस्तो छ, डढेलो सतर्कता सम्बन्धि सुचनाको पोस्टर :


















प्रतिकृया दिनुहोस्