निषेधाज्ञामा गस्तीमा गएका प्रहरीले नै मदिरा चोरेपछी
जेठ १८, जनकपुरधाम । सिरहामा मदिरा चोरी गरेको आरोपमा तीनजना प्रहरी निलम्बनमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले तीन जना प्रहरीलाई निलम्बन गरिएको जानकारी दिए ।
निलम्बन हुनेमा १ जना प्रहरी सहायक निरीक्षक र २ जना जवान रहेका छन्।
प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बित गरिएको प्रवक्ता शर्माले बताए।
निषेधाज्ञामा जेष्ठ ९ गते इलाका प्रहरी कार्यालय लहानबाट खटेको गस्ती टोलीले मदिरा पसलमा मदिरा सेवन गरि होहल्ला गरिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिँदा पसल सञ्चालक फरार भएका थिए।
मदिरा पसल सञ्चालक फरार रहेको समयमा केही प्रहरी कर्मचारीले मदिरा चोरी गरेका थिए।
चोरी गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा आएपछि छानबिनका लागि उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरिएको प्रवक्ता शर्माले बताए। फाइल फोटो ।
प्रतिकृया दिनुहोस्