सल्यानमा एकैरातमा थप ४ जना कोरोना संक्रमितको मृत्यु
जेठ १३, सल्यान । जिल्ला अस्पताल सल्यानमा एकै रातमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती देखि आज बिहानसम्म ४ जना काेराेना संक्रमितकाे मृ’त्यु भएकाे हो ।
अस्पतालमा उपचार गराइरहेका शारदा नगरपालिका, बागचाैर नगरपालिका र राेल्पा गंगादेव गाउँपालिका ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।
मृ’त्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका वडा नम्बर १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीया महिला र रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर २ की ६१ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।
मृ’त्यु हुनेहरु एकजना हिजाेमात्रै उपचारका लागि अस्पताल आएका थिए भने एकजना दुइदिनदेखि, एकजना चारदिनदेखि र अर्का एकजना १०दिनदेखि उपचाररत रहेकाे अस्पतालका डाक्टर भिमकान्त जैशीले बताए । यससँगै सल्यानमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४१ पुगेको छ ।
सल्यानमा हाल सक्रिय संक्रमितकाे संख्या ७ सय ८५ रहेकाे छ । जसमध्ये १९ जना जिल्ला अस्पतालमा र ३४ जना संस्थागत आइसाेलेशनमा उपचाररत छन् । बाँकी ७ सय २८ जना हाेम आइसाेलेशनमा रहेकाे स्वास्थ्य कार्यालय सल्यानले जनाएकाे छ ।
हिजाे मात्रै सल्यानमा ५२ जनामा काेराेना संक्रमण देखिएकाेमा १७ जना काेराेना मुक्त भएका थिए ।
फाइल फाेटाे
प्रतिकृया दिनुहोस्