January 18, 2026, Sunday
२०८२ माघ ५, आईतवार
लिफ्ट खानेपानीको महशुल नतिर्दा बिधुत लाइन काटियाे, स्थानीयहरू भेरीको पानी खान वाध्य

लिफ्ट खानेपानीको महशुल नतिर्दा बिधुत लाइन काटियाे, स्थानीयहरू भेरीको पानी खान वाध्य

दुर्गा विसि / फागुन १६, सल्यान । सल्यान पश्चिम क्षेत्रमा धमाधम लिफ्ट खानेपानी शिलान्यास हुदै गर्दा भेरी किनारकाे वस्ती घाटगाउँमा भने लिफ्ट खानेपानीको विधुतिय महशुल तिर्न नसके पछि बिधुत लाइन काटिएको छ ।

अायाेजना वनेपश्चात् अहिलेसम्म स्थानीयले विद्युतकाे महशुल नतिरेपछि वाध्य भएर बिधुत लाइन काटिएको विद्युत प्राधिकरण नाे लाइट शाखा सल्लिवजारका प्रमुख लाेकमान शाक्यले जानकारी दिनु भएको छ । “धेरै पटक सुचना जारि समेत गरियो तर उक्त खानेपानीकाे महशुल ४ लाख नाघ्न सुरु भए पछि वाध्यतावस हाल लाइन काटेको हो ।” शाक्यको भनाइ छ ।

स्वर्गीय समाजसेवी चित्रवहादुर वुढाकाे अगुवाइमा युनिसेफ र प्राविधिक कार्यलय सल्यानकाे आर्थिक सहयोगमा चौर, वुरेली, घाटागाउँ, पुल वजार लगाएका क्षेत्रमा लिफ्ट खानेपानी सञ्चालन रहेको थियोे ।

३ वर्ष अघि जनश्रमदान सहित ४० लाख लागतमा भेरी नदिबाट लिफ्ट गरि सुख्खा भुभागमा सिचाइ र खानेपानी सुविधाको लागी साे अायाेजना सम्पन्न भएको थियोे । तर विडम्बनापूर्ण व्यवस्थापकिय कमजोरीका कारण लिफ्ट पानीको विद्युत महशुल बक्यौता रहेको स्थानीय थुमवहादुर विसिकाे भनाइ छ । विद्युत बक्यौता जतिसक्दो चाँडै फरफारक गरि पानी सुचारू गर्ने तर्फ पहल भैरहेको विसिकाे भनाइ छ ।

पानी बन्द भए पछि हाल उक्त क्षेत्रका स्थानीय भेरि नदिकाे पानी खाने गरिरहेका छन् । राम्रोसँग लिफ्ट खानेपानीकाे व्यवस्थापन गर्न नसक्दा विद्युतले लाइन काटेको हो । दिनदिनै महशुल थपिन थाले पछि लाइन काटिएको जनाईएको छ । अहिलेसम्म उक्त वस्तीबाट लिफ्ट खानेपानीकाे १० हजार महशुल वाहेक अन्य महशुल नउठेको जनाईएको छ ।