चीनमा भूकम्प अपडेट : कम्तीमा ९५ जनाको मृत्यु, १३० जना घाइते
काठमाडौं, पुस २३
चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।
मंगलबार बिहान गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।








लेखकको सम्वन्धमा