March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
बैतडीमा केन्द्रविन्दु भएर भूकम्प गयो

बैतडीमा केन्द्रविन्दु भएर भूकम्प गयो

बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेटमा शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।