September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
बिमर्श प्रधानको नारी दिवस विशेष कविता

बिमर्श प्रधानको नारी दिवस विशेष कविता

    सन् १९७७ मा नै संयुक्त राष्ट्र संघले नारि दिवस मनाउन सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन प्रत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरे पश्चात बिश्वब्यापी रुपमा आठ मार्चलाइ नारि दिवशको रुपमा मनाउदै आइएको छ।
    नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौं देखि जाति बर्ग, सामाजको,धर्म तथा संस्कार, नारिमाथि हुदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन,हिंसा जस्ता  लैगिक बिभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाज हो । महिला सशक्तिकरणको अभियानलाई साहित्य मार्फत लेख्न कोशिश छ कवि बिमर्श प्रधानको।

कविता

मेरो जीन्दगीको फुलबारीमा
पानीको मुहान जसरी
अथाहा असिमीत निरन्तर
मायाको खोला बगाउने
मायाको मुलरुपी मेरी आमा
त्यही फुलबारी बुट्टेदार बनाउन
हरदम हरपल कुटो कोदालो गर्ने
सहयोगी रुपमा मेरा दिदीबहिनी

यही जीन्दगीको फुलबारीमा
अझ धेरै बुट्टा भर्न
कहिले फुपुको रुपमा
कहिले ठुली आमाको रुपमा
कहिले सानी आमा
कहिले काकी को रुपमा
कहिले माईजुको
कहिले हजुरआमाको रुपमा
कहिले साथी संगीको
कहिले मायालुको रुपमा
र कहिले
छोरी बुहारी
भतीजी भान्जीको रुपमा
गोडमेल गर्ने यही सप्पै सप्पै
मेरा प्यारा आफन्त

यस लोकका हरेक नारीलाई
स-सम्मान नारी दिवसको शुभकामना ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज