May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
गजल

गजल

• टोप बहादुर गिरी ‘शिशिर’

हरेक सँग भोलि वर्तमान हुदैन, भुत हुदैन
मान्छे सवै समान जन्मजात कोहि अछुत हुदैन

हामी मै छ भेदभाव, असमानता र वर्ग विभेद
वरु पशुमा हुन्छ हामी मान्छेमा सुझवुझ हुदैन

तिम्रो शोषण र अन्याय कहिले सम्म चल्छ मालिक?
यत्ति वुझ एक मजदुर सधै मजदुर हुदैन

अपराध गरेर नि समाजमा निष्फिक्री घुमेको छ
किनकि उ ठुलो मान्छे उसको कुनै सवुत हुदैन

आउ तिमी र म प्रेम गरौ वन्धन हुदैन जातको
अन्तरजातिय प्रेम सवालमा कुनै कसुर हुदैन

गजलकारको ठेगाना, त्रिवेणी गा.पा.-९ रुकुम पश्चिम हो । हाल उहाँ श्री त्रिभुवन जन मा वि लुहापिङ खलंगा सल्यान माद्यामिक तहमा शिक्षण पेशामा कार्यरत हुनुहुन्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज